घानामा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिएर ८ बालबालिकाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घानामा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिएर ८ बालबालिकाको मृत्यु


१२ माघ २०७९, बिहिबार


घाना । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार ८ जना बालबालिकाको मृत्यु भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई तालको छेउमा रहेको वायोकोपमा डुङ्गा पल्टिएर स्कूल जान लागेका २० विद्यार्थीमध्ये ८ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु भएकामध्ये ५ बालक र ३ बालिका रहेका छन्।

घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताए। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस