लुम्बिनीमा हुन सकेन मन्त्रिपरिषद् विस्तार, भागबण्डा मिलाउन मुख्यमन्त्री काठमाडौँतिर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लुम्बिनीमा हुन सकेन मन्त्रिपरिषद् विस्तार, भागबण्डा मिलाउन मुख्यमन्त्री काठमाडौँतिर


८ माघ २०७९, आइतबार


बुटवल । पुस २७ गते शपथ लिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन् । गठबन्धन दलहरुबीच भागबण्डा मिलाउन नसक्दा उनले मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् ।

प्रदेश स्तरमै भागबण्डा मिलाउन नसकेपछि उनी केन्द्रको सहारा खोज्दै काठमाडौँ जाने तयारीमा छन् । उनी आइतबार साझेदार दल तथा आफ्नै दलका नेताहरूसँग छलफल गर्नको लागि काठमाडौँ जाने तयारीमा रहेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस