काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकास्थित चोभारमा सोमबार साँझ एक कार सडकबाट खसेको छ।
प्रहरीका अनुसार चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो।
अहिले प्रहरी वृत्त कीर्तिपुर, ललितपुर प्रहरी परिसर र विपद् व्यवस्थापन सामाखुसीबाट उद्धारको टोली खटिएको छ। कारमा कति जना सवार थिए भन्ने खुलेको छैन।
कारमा सवार एक जना महिलाको उद्धार गरी प्रहरीले बयोधा अस्पतालमा पुर्याएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।







