२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्ड चिन्तित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार केही दिनमा नै हुने बताएका छन् । सत्ता मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलबीच कुनै समस्या नरहेको दाबी गरेका हुन् ।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्ता साझेदार दलको समझदारीमा समस्या छैन । मन्त्रिपरिषद्बारे टुङ्ग्याउन कठिन छैन । हामी सहमतिको नजिक छौँ ।’

उनले आफूले भन्नुपर्ने कुरा सबै भनिसकेको बताउँदै अब गर्न मात्र बाँकी रहेको जिकिर गरे । डेलिभरी दिएर मात्र परिवर्तनको वैधता रहने उनले स्पष्ट पारे । यता देशको अर्थतन्त्र अप्ठ्यारोमा रहेकोमा प्रधानमन्त्री प्रचण्डले चिन्ता व्यक्त गरेका छन् ।

उनले आफू अर्थतन्त्रलाई सहजीकरण गर्ने विषयमा केन्द्रित भएको पनि बताए । ‘उनले भने, ‘अर्थ मन्त्रालय र राष्ट्र बैङ्क बीचमा अप्ठ्यारो स्थिति थियो । मैले अर्थमन्त्री र गभर्नरलाई बोलाएर समस्या समाधानका लागि पहल गरेको छु । उनले निजी क्षेत्रमा अब केही हुन्छ भन्ने आत्मविश्वास जागेको पनि दाबी गरे । ‘केन्द्रीय मुद्दामा सहमति जुटाएपछि बल्ल चुनौती छिचोलिन्छ ।’

प्रचण्डले राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा नेपाली काँग्रेससँग पनि छलफल हुने बताएका छन् ।

उनले सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

उनले काँग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताए ।

उनले भने, ‘अस्ति ओली र मैले सहमति गर्दा काँग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो । जब मलाई काँग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो। त्यसैले मैले काँग्रेस लगायतका दललाई धन्यवाद पनि भन्नुपर्नेछ, र राष्ट्रपति सभामुख लगायतका विषय के गर्ने भनेर छलफल गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस