२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसको पोलिटब्यूरो बैठकमा प्रचण्ड हाबी

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ।

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले सरकारलाई समर्थनको विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

स्रोतका अनुसार समाजवादीको पोलिटब्यूरो बैठकमा प्रधानमन्त्री प्रचण्ड ‘हाबी’ भएपछि एकीकृत समाजवादीले मध्यममार्गी निर्णय लिएको हो।

सोमबार पोलिटब्यूरो बैठकको सुरुवात गर्दै अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने ब्रिफिङ गरेका थिए। नेपालको उक्त धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका अध्यक्ष नेपाललाई सरकारको विपक्षमा जानेखालको निर्णय नलिइदिन आग्रह गरेका थिए।

प्रचण्डको उक्त आग्रहपछि दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय लिने जिम्मा सचिवालयलाई दिएको हो।

यस अघि शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठक सरकारलाई समर्थनको विषयमा निष्कर्षमा नपुगेपछि पोलिटब्यूरो बैठक बसेको थियो। यससँगै एकीकृत समाजवादीको दुई दिनदेखि जारी पोलिटब्यूरो बैठक पनि सकिएको छ।