काठमाडौँ । नेपाली बजारमा आज (मङ्गलवार) सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर १ लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमवार सुनको मूल्य तोलामा १ लाख एक हजार ७ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर १ हजार चार सय १० रुपैयाँमा पुगेको छ ।