२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँदैन’ 

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबारे जानकारी दिन पत्रकारहरूसँगको कुराकानीमा उनले नेकपा एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताए ।

‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ उनले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’

उनले यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको उपमहासचिव तुलाधरले बताए ।

नेकपा एमालेसँग पार्टी एकताको कुरा पनि हल्ला मात्रै भएको उनले टिप्पणी गरे ।

माओवादी र जनता समाजवादीसँग पनि एकताको कुरा अगाडि नबढेको उनले बताए । आफ्ना केही नेताले अनौपचारिक कुरा गरेको भए पनि औपचारिकरुपमा त्यस्तो कुनै निर्णय नभएको तुलाधरले जिकिर गरे ।

‘एकताका बारेमा कुनै पनि निर्णय भएका छैनन्, अहिले नै एकताका निम्ति लालायित भएर जाने कुरा पनि होइन,’ तुलाधरको भनाइ छ ।

बरु चुनावअघि नेकपा माओवादी केन्द्रबाट एकताको प्रस्ताव आएकाले आफूहरूले समिति बनाएको तर माओवादी नै त्यसमा धेरै अग्रसर नभएकाले यसबारे केही कुरा नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस