२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘र’को एजेण्ड भनी धम्क्याउँदै उद्योगपतिसँग रकम माग गर्ने गिरोह पक्राउ

अ+ अ-

चितवन । भारतीय गुप्तचर संस्था ‘र’ को नेपाल प्रतिनिधि हुँ भन्दै चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका चार जनाको गिरोहलाई आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मुख्य योजनाकार मानिएका एक जना भने भगौडा सशस्त्र प्रहरीका जवान हुन् । अन्य तीनजना भने उनका सहयोगी रहेको अनुसन्धानमा खुलेको थापाले जानकारी दिए ।

उनीहरुलाई साउन ९ गते सोमबार राजधानीको बसपार्क नजिकै रहेको सिस्नेरी गेष्ट हाउसबाट पक्राउ गरिएको उनले जानकारी दिए । यसरी पक्राउपर्नेमा धादिङ ज्वालामुखि गाउँपालिका वडा नं. २ बस्ने ३० वर्षीय ईश्वर बस्नेत, सोही ठाउँका २२ वर्षीय रोशन बस्नेत र २० वर्षीय मनोज श्रेष्ठ तथा सोही गाउँपालिका वडा नं. १ का २२ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये मुख्य योजनाकार रहेको ईश्वर बस्नेत भने वि.सं. २०६४ देखि २०६८ मा सशस्त्र प्रहरी बल सानो गौचरण काठमाडौँमा सशस्त्र प्रहरी जवानमा कार्यरत थिए । त्यसपछि जागिर छाडेका उनी गाउँमा ठेक्कापट्टामा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीको मध्य क्षेत्रीय प्रहरी अनुसन्धान, महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ, जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोको विशेष टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । उनीहरुले चितवनमा कार्टुन र कागज उत्पादन गर्ने उक्त उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई ५० लाखसम्मको रकम माग गरेको प्रहरीले पत्रकारलाई जानकारी दिएको छ । उद्योगपतिको नाम भने खुलाइएको छैन ।

प्रहरीको अनुसन्धान टोलीले दिएको जानकारीअनुसार १५ दिनदेखि उनीहरुले सो उद्योगमा आई अनुसन्धान गरेर वस्तुस्थिति बुझेका थिए । रासस

प्रतिक्रिया दिनुहोस