३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालिका बिक्रीको अभियोगमा ‘ठिले’ पक्राउ

अ+ अ-

नुवाकोट । वाह् वर्षीया बालिकालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा घ्याङफेदी–७ का ४४ वर्षीय मानबहादुर तामाङ ‘ठिले’लाई प्रहरीले पक्राउ गरेको छ ।

ठिलेमाथि ती बालिकालाई दस वर्षअघि भारतमा लगेर बिक्री गरेका अभियोग लागेको छ । उनका विरुद्ध १० भन्दा बढी महिलालाई भारतमा लगेर बिक्री गरेको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा परेको प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

नुवाकोटको घ्याङफेदीसहित मकवानपुरको साविक हाँडिखोला गाविस वडा नं. १ चकरीमकरीमा समेत बस्ने गरेका ठिलेको मुख्य पेशा मानव बेचविखन रहेको प्रहरीले जनाएको छ ।

नुवाकोटका ती बालिकालाई काठमाडौँमा काम लगाइदिने भन्दै २०६५ साल वैशाखमा ठिलेसहित पाँच जनाको टोलीले भारतको कोलकत्तामा लगेर बिक्री गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । भारतीय प्रहरीले त्यहाँको एक वेश्यालयमा छापा मार्दा बेचिएको एक महिना पछि नै ती बालिकालाई उद्धार गरी ‘नेपाल गृह’ नामक संस्थाको संरक्षणमा राखिएको थियो । दुई वर्षसम्म ती संस्थाको संरक्षणमा रहेकी ती बालिका वि.सं. २०६७ देखि काठमाडौँस्थित ‘नेपाल गल्र्स’ नामक संस्थाको संरक्षणमा बस्दै आएकी छिन् ।

नुवाकोटका दुई युवतीलाई भारतमा लगेर बिक्री गरेको प्राप्त उजुरीको आधारमा दलाल खोजी गर्दै जाँदा ठिले पक्राउ परेको प्रहरी उपरीक्षक बोहराले बताए । बालिकालाई आफूले बिक्री गरेको स्वीकार गरेकाले ठिले विरुद्ध जिल्ला अदालत नुवाकोटमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको मुद्दा दर्ता गरेको उनले बताए ।

बालिकालाई भारतमा लगेर बिक्री गर्ने कार्यमा संलग्न अन्य चार जना अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि नुवाकोटबाट दुई महिलालाई भारतमा लगेर बिक्री गरेको अभियोगमा दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । आवश्यक कानुनी कारबाहीका लागि पक्राउ परेका दुबै जनालाई भारतबाट नुवाकोट ल्याउन लागिएको पनि प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस