कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : बालेन साह « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छ : बालेन साह


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताएका छन्। शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मेयर साहले थिएटर फेस्टिभल र फिल्म फेस्टिबलहरु महानगरपालिकाको बजेटमा नै ल्याएर संरक्षण गर्न र कलासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको पनि बताए। उनले कला, संस्कृतिलाई महत्त्व दिनेकुरा जिम्मेवारी रहेको बताए। उनले खेलकुदका लागि पनि छुट्टै विभाग र कलासम्बन्धी पनि छुट्टै विभाग बनाएर काम गरेमात्रै सबै क्षेत्रको विकास सम्भव हुने बताए।

उनले भने, ‘थिएटर फेस्टिबलहरु, फिल्म फेस्टिबलहरु बजेटमा आइसकेको छैन, तर उहाँहरूसँग बिस्तारै अर्को वर्षदेखि हामीले यसलाई अफिसियल्ली बजेट किताब (रातो किताब) मा नै ल्याएर यसलाई भव्य तरिकाले गर्न सकिन्छ की भन्ने आशा छ। महानगरपालिका भएको नाताले कलालाई महत्त्व दिने कुरा जिम्मेवारी हो र महानगरपालिका भन्नलाई यो चिज चाहिँदो रहेछ । हामीले विभिन्न विधालाई प्रमोट गर्न खोज्दछौँ। हाम्रो छुट्टै विभागहरू हुँदैन, खेलकुद विभाग छुट्टै छैन। छुट्टै खेलकुदको लागि पनि विभाग चाहिँदो रहेछ। कला लगायत धेरै विधालाई प्रमोट गर्न बाँकी छ।’

मेयर साहले कला र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि काठमाडौं महानगरपालिकाले कामहरू गरिरहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस