२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान

अ+ अ-

बागमती । मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् ।

जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ ।

‘हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु’, मकवानपुरको कैलाश–६ को मतदान केन्द्रमा खटिएका मतदान अधिकृत यमबहादुर बस्नेतले भने ।

उत्तरी मकवानपुरको इन्द्र सरोवरको एक केन्द्रमा खटिएका मतदान अधिकृत मनोज गुप्ता पनि आजै मतदान केन्द्र प्रस्थान गर्ने तयारीमा छन् । त्यस्तै पूर्वी मकवानपुरको बकैयाको श्रीपुर केन्द्रमा खटिएका सुन्दर बाँस्कोटाले पनि आजै तोकिएको केन्द्रमा पुगेर मतदान केन्द्रको व्यवस्थापन सुरु गर्ने उनले बताए ।

मतदान प्रक्रियालाई सुरक्षित र भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज मङ्सिर १ गतेबाट ५ गतेसम्म जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन जारी गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै ४ मङ्सिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै आजबाट मङ्सिर ५ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवन पूर्णरूपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसैगरी कार्यालयले निर्वाचनको दिन मङ्सिर ४ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बिहान ५ बजेसम्म तोकिएको अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारी साधनबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

जिल्लाको एक सय ६५ वटा मतदान स्थलमा तीन सय ६४ मतदान केन्द्र छन् । तीन लाख सात सय ३३ मतदाता रहेको मकवानपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

जिल्लाका तीन सय ६४ मतदान केन्द्रमध्ये १९ वटा अति संवेदनशील र ६० केन्द्रलाई संवेदशील केन्द्रका रूपमा लिइएको छ । तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ ।

मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र मकवानपुर क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता रहेका छन् । जिल्लामा पाँच जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।