२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री नेपाल आउने

अ+ अ-

काठमाडौँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री नेपाल आउने निश्चित भएको छ । विदेश राज्यमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल २ मंसिरमा काठमाडौँ आउने तय भएको निर्वाचन आयोगका एक आयुक्तले जानकारी दिए ।

टोकियोबाट आउने प्रतिनिधिमण्डलसँगै काठमाडौँस्थित जापानी दूतावासका कूटनीतिज्ञहरूले उपत्यकाभित्र मतदानको अनुगमन गर्नेछन् । संविधान निर्माणपछि दोस्रो पटक हुन लागेको निर्वाचनमा पर्यवेक्षण गर्न जापानले चासो देखाएको थियो । जापानी प्रतिनिधिमण्डलको भ्रमणको व्यवस्थापन परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।

छिमेकी भारतसहित चार सार्क राष्ट्रका प्रमुख निर्वाचन आयुक्तले भने यसअघि नै निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि आउने सुनिश्चित गरिसकेका छन् । श्रीलङ्का र दक्षिण कोरियाबाट निर्वाचन आयुक्त आउने तय भएको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त एवं एसोसिएसन अफ वर्ल्ड इलेक्टोरल बडिजका अध्यक्ष राजिभ कुमार, बङ्गलादेशबाट प्रमुख आयुक्त काजी हबिबुल अबल, भुटानबाट प्रमुख आयुक्त सोनम तोप्गे, मालदिभ्सबाट निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक आउनेछन् । निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि आउने विदेशी पाहुनाले उपत्यकाभित्रको मतदानको अवलोकन गर्नेछन् । निर्वाचनमा नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञले पनि पर्यवेक्षण गर्नेछन् ।

आयोगले सोमबार २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचन तयारीबारे जानकारी दिएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउने प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पुर्‍याएको सहयोग र देखाएको सदाशयताको प्रशंसनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस