काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइट क्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुगेर ‘र्याप’ गीत सार्वजनिक गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले चुनाव नजिकिँदै गर्दा एलओडी पुगेर पार्टीको चुनावी ‘र्याप’ गीत सार्वजनिक गर्न एलओडी पुगेका हुन् ।
नेकपा एमाले र अध्यक्ष ओलीको बारेमा तयार पारिएको सो गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।
‘युवाहरू माझ म’ लेख्दै ओलीले युवाहरूको जमात रहेका केही तस्बिरहरू समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।