२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप : उपाधिका लागि पाकिस्तान र इङ्ग्ल्यान्ड भिड्दै, खेल वर्षाले बिथोल्ने जोखिम

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनल खेल आइतवारका लागि तय भएको छ । फाइनलमा पाकिस्तान र इङ्ग्ल्यान्ड उपाधिका लागि भिड्दै छन्। खेल वर्षाले प्रभावित हुने खतरा बढेको छ। 

मेलबर्नमा हुने तय भएको फाइनल वर्षाका कारण ‘वास आउट’ हुने खतरा बढेको हो। मेलबर्नमा आइतबार खराब मौसमको पूर्वानुमान गरिएको छ। यदि आइतबार वर्षाले खेल प्रभावित भए सोमबार सार्न सकिने छ। तर सोमबारको पनि मौसम सफा नदेखिँदा फाइनल वर्षाको मारमा पर्ने जोखिम बढेको हो।

सोमबार पनि फाइनल खेल हुन नसके टी-२० विश्वकपको उपाधि संयुक्त रूपमा दुवै टिमलाई दिइने छ। यस्तो भए क्रिकेट इतिहासमा पहिलो पटक संयुक्त विजेता हुने छन्।

आइतबार मेलबर्नमा पानी पर्ने सम्भावना ९५ प्रतिशत रहेको अनुमान छ। मौसम विज्ञान विभागका अनुसार १५ देखि २५ मिलिमिटर वर्षासँगै मेघगर्जनको सम्भावना रहेको छ।

खेल स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने छ। नेपाली समय अनुसार दिउँसो १ः४५ मा खेल हुनेछ। पहिलो दिन खेल वासआउट भएको खण्डमा रिजर्व डे का दिन खेल सारिने छ। सोमबार खेल सारिए दिउँसो स्थानीय समय अनुसार दिनको ३ बजे सुरु हुने छ।

पूर्वानुमानअनुसार सोमवार कम वर्षा हुने भएकाले खेल हुन सक्ने सम्भावना कायम छ। यद्यपि मेघगर्जनको सम्भावना रहेको छ। खेल सञ्चालन गर्न समूह चरणमा दुवै टिमको लागि कम्तीमा पाँच ओभर मात्र आवश्यक हुन्थ्यो। तर, फाइनलका लागि भने दुवै टोलीले कम्तीमा १० ओभर खेल्नु पर्ने छ।

यसअघि मेलबर्नमा समूह चरणमा तय भएका तीन खेलमा एक बल पनि नभई रद्द गर्नु परेको थियो।