२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी

अ+ अ-

कावासोती । पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर ४७ वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ ।

जिल्लाको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको प्रहरी कार्यालयका प्रहरीले वर्षौँदेखि भौतिक संरचनाको असुविधा खेप्दै आएका छन् ।

विसं २०३२ मा स्थापित प्रहरी कार्यालयले आफ्नै भवन नहुँदा अहिलेसम्म पनि भाडाको घरबाट नै सेवा प्रवाह गरिरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख करमुल्ला धोबीले जानकारी दिए । मासिक चार हजार तीन सय तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आए पनि सामान्य घटनामा २४ घण्टा नियन्त्रणमा राख्नुपर्ने अवस्था आउँदा थुनुवालाई जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने बाध्यता रहेको धोबी बताउँछन् ।

‘कूल १७ जनाको दरबन्दी रहेको प्रहरी कार्यालयमा थुनुवा कक्ष मात्रै होइन सामान्य आधारभूत आवश्यकताका सुविधा पनि छैनन्, प्रहरी कार्यालयका प्रहरी कर्मचारी र थुनुवाले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘सोलारले काम नगर्दा अन्धकार हुन्छ, खानेपानीको समस्या छ, कार्यालय, भान्छा कोठा, सुत्ने कोठा एकै ठाउँबाट चलाउनुपर्ने अवस्था छ ।’

भाडाको भए पनि प्रहरी कार्यालयको छानाबाट हिउँदमा पर्ने शीतसमेत चुहिन लागेपछि त्रिपाल हालेर छोपिएको उनले जानकारी दिए । शान्ति सुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित रहेका छन् । प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा असर परेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।

प्रहरी कार्यालयका लागि भवन निर्माण गर्न गाउँपालिकाको समन्वयमा राजनीतिक दल र स्थानीयवासीको सहमतिसहित अहिलेको भाडाको घर भए नजिकै जग्गा व्यवस्थापन गरेर गृह मन्त्रालय पठाइएको तिवारीले बताए ।

बाध्यता भएका कारण जीर्ण वा असुरक्षित संरचनामै बसेर पनि कर्तव्य पूरा गरिरहेको बताउँदै उनले भवनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएकाले छिट्टै प्रहरी चौकीको आफ्नै भवन हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस