काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले देशको राजनीतिक कठिनाइहरूको सम्बोधन नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।
सिंहले घरदैलो कार्यक्रमको क्रममा देशको राजनीतिक कठिनाइहरूको सम्बोधन नेपाली काँग्रेसले मात्रै गर्न सक्ने भएकाले काँग्रेसको जरुरत अझै रहेको बताएका हुन्।
उम्मेदवार सिंहले आइतबार काठमाडौं क्षेत्र नं. १ अन्तर्गत मैतीदेवी, डिल्लीबजार, घट्टेकुलो र आसपासका क्षेत्रमा घरदैलो गरेका छन्। गठबन्धनका नेता, कार्यकर्ताहरूसहितको उनको टोली सो क्षेत्रमा घरदैलोमा पुगेको हो।