२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेतीयोग्य जमिन मासेर बस्ती विस्तार

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित मिलनचोकका नरबहादुर थापा बगरफाँटमा रहेको लटरम्मै धान फल्ने खेतको बीचमा पक्की घर बनाएर बस्न थालेका छन् । उनका जेठाबुबा खड्गबहादुर थापाले पनि पाखोमा रहेको घर भत्काएर खेतको फाँटमै घर बनाएका छन्।

थापाद्वयका जस्तै म्याग्दीका धेरै ठाउँमा खेतीयोग्य जमिन मासेर घर निर्माण गर्ने क्रम तीब्र बनेको छ । उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै खेतीयोग्य जमिन पनि नासिँदै गएको छ । वडानं ४ स्थित सिङ्गा,वडानं १ स्थित रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायत सडकको पहुँच पुगेका ठाउँहरुको अवस्था पनि यस्तै छ ।

जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको सहरमा परिणत हुने स्थिति बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् । सदरमुकाम बेनीबजारसँगै जोडिएको र सबै किसिमका सुविधाको पहुँच पुगेको ठाउँ भएको हुँदा यहाँको उर्वर भूमिमा पछिल्लो समय पक्की घर निर्माण गर्ने क्रम बढ्दै जान थालेको हो ।

धमाधम खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ । एक त खेतीयोग्य जमिन घटदै गएको छ भने अर्को भएको जमिनमा पनि जाँगर लगाएर खेतीपाती गरिँदैन । बगरफाँटका बेदप्रसाद शर्मा भन्छन्, ‘बाली झुल्नुपर्ने खेतका फाँटमा घर ठडिएपछि अन्नबालीको उत्पादनमा कमी आएको र आयातीत खाद्यान्नमा निर्भर रहनुपरेको छ ।’

खेती गरेर उत्पादित कृषिजन्य वस्तुको भन्दा बढी पैसा जग्गा बेचेर कमाउन थालेपछि किसानले धमाधम जग्गा बेच्न थालेका स्थानीयवासीको भनाइ छ । खेतीयोग्य जमिन घडेरी बनाउनका लागि बेच्न थालेपछि अहिले स्थानीय उत्पादनमा म्याग्दी अघि बढ्न सकेको छैन । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन् । सडक पुगेपछि जिल्लाको विकासमा भए पनि कृषियोग्य जमिन मासिँदै जान थालेको छ ।

प्राङ्गारिक गाउँका रूपमा परिचित बगरफाँटमा अहिले आठओटा पक्की घर निर्माण भएका छन् । उपल्लो फाँट र तल्लोफाँट (पलाँसे क्षेत्र) गरी दुई भागमा बाँडिएको बगरफाँट जिल्लाकै अन्न भण्डारका रूपमा चिनिन्छ । जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर बगरफाँटमा घडेरी किनी घर बनाएर बस्ने व्यक्तिका कारण उर्वर फाँट मासिँदै गएको स्थानीयवासीको गुनासो छ ।

सदरमुकाम बेनीबजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी निकै सस्तोमा पाइने हुनाले पनि बजारमा भन्दा यहाँ घडेरी किनेर घर बनाउनेको आकर्षण बढेको हो । बजारमा प्रतिहात रु पाँच लाखको हाराहारीमा घडेरी बिक्री हुने गरेको भए पनि यहाँ प्रतिहात एकदेखि एक लाख ५० हजार मूल्यमा घडेरी पाइँदा घडेरीको खोजीमा मानिस बगरफाँटमा आउने गरेका हुन् ।

हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तार र जग्गाको किनबेच हुने क्रम बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाह बताउछन् । यही क्रममा बस्ती विस्तार हुँदै जाने हो भने केही समयपछि बगरफाँटको उर्वर भूमि सखाप हुने उनको भनाइ छ । ‘जिल्लामा न त आधुनिक खेती प्रणालीको विकास हुनसकेको छ, न त रैथाने परम्परागत कृषि पेसालाई राम्रोसँग अपनाउन सकिएको छ’, स्थानीय किसान टेकबहादुर कार्की भन्छन्, ‘किसानले खेतीयोग्य जमिन बेच्नु बाहेकको विकल्प छैन ।’

जिल्लामा आठ प्रतिशत बेसी क्षेत्र, ५६ प्रतिशत उच्च पहाडी क्षेत्र र ३६ प्रतिशत हिमाली क्षेत्र रहेको छ । समुद्र सतहबाट सात सय ९२ मिटर ९बेनी नगरपालिका–१ रत्नेचौर० देखि आठ हजार एक सय ६७ मिटर (धौलागिरि हिमाल)सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल दुई हजार दुई सय ९७ वर्ग किलोमिटर (दुई लाख २९ हजार सात सय ६ हेक्टर) छ । पन्ध्र वर्षयताको तथ्याङ्क हेर्ने हो भने खेतलाई घडेरी बनाउने होडका कारण यहाँको आधाभन्दा बढी जमिन घटिसकेको छ । अहिले आयातीत खाद्यान्नको भरमा यहाँको जनजीवन चलेको छ । दैनिक खेतीयोग्य जमिनमा पक्की भवन ठडिँदासमेत कसैले यसको पक्षमा वकालत गरेका छैनन् ।

बाहिरका मानिस सदरमुकाममा बसाइँ सरेर आएका छन् भने सदरमुकाम आसपासका मानिस खेतीयोग्य जमिन बेचेर काठमाडौँ, पोखरा, चितवनजस्ता सहरमा जाने क्रम बढेको छ । अव्यवस्थित सहरीकरणले पनि खेतीयोग्य जमिनमा असर परेको स्थानीयवासी बताउँछन् ।

सहरी जीवनले पनि खेतीसँगको मोह घटाएको छ । अहिले यहाँका बुढापाकाले खेतीपातीको काम गर्दै आइरहे पनि युवाहरु पढाइ, लेखाइ र अन्य व्यापार व्यवसायमा संलग्न रहेका छन् ।