२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख हुँदा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाटै सन्यास लिन्छु : ओनसरी घर्ती

अ+ अ-

काठमाडौँ । पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौँ-२ मा उम्मेदवारी दिएको बताएकी छन् ।  तिहार पर्वका अवसरमा काठमाडौँको शंखरापुर नगरपालिका-३ जहरसिंह पौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताइन् ।

आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफ्नो कामबारे सञ्चार माध्यममा त्यतिबेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह गरिन् । ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस् म राजनीतिबाटै सन्यास लिन्छु’, उनले भनिन् ।

घर्तीले प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुहुने उल्लेख गरिन् । जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उनको भनाइ थियो । घर्तीले जीर्ण अवस्थामा रहेको चाबहिल-मुलपानी-साँखु सडक निर्माणको कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता जनाइन् । यस्तै काठमाडौँ-२ लाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवाहरूले स्वदेशमै रोजगारी पाउने र गाउँको खाना, संस्कार, संस्कृति र रीतिरिवाजको रक्षा गर्ने आफ्नो सपना रहेको बताइन् ।

फरक प्रसङ्गमा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान र व्यवस्था मास्ने उद्देश्यले दुई पटक सम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसका विरुद्ध वर्तमान गठबन्धन निर्माण भएको बताइन् । 

घर्तीले आफू मुलुकको सभामुखजस्तो सम्मानित जिम्मेवारीमा रहिसकेका कारण निर्वाचन प्रचारका क्रममा कसैप्रति पनि तुच्छ र तल्लोस्तरको आलोचना गर्ने पक्षमा नरहेको बताइन् ।