२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीमहल नियाल्दै र्‍याफ्टिङ सरर

अ+ अ-

तानसेन । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानी महल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन ।

पहिलो पटक रानी महल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो’, पौडेल भन्छन्, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानी महल क्षेत्र राम्रो गन्तव्य रहेछ ।’

तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानी महल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरू आकर्षित भएका हुन् ।

रानी महलमा दैनिक दुई सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमण गर्ने गर्दछन् । जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् ।

स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानी महल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गर्नुभएको थिएन । उनी भन्छन् , ‘मेरो घर नजिकै भएर पनि यहाँ ९र्‍याफ्टिङ० सुविधा छ, भन्ने थाहा थिएन ।’ चौथो पटक रानी महल आउँदा अरू साथीहरूले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उनी बताउँछन् ।

तेजकुमारी एडभेन्चर प्रालिले रानी महलदेखि रीडी (रुरु धाम) सम्म साहसिक जलयात्रा चलाएको छ । रानी महल सेरोफेरो एक किलोमिटरमा पाँच सय र रुरु धामसम्म दुई हजार शुल्क तिरेर साहसिक जलयात्रा गराइएको सञ्चालक कृष्ण क्षेत्री बताउँछन् ।

जलयात्राका लागि दुई वटा बोट सञ्चालनमा छन् । सुरक्षालाई कायक, हेलमेट, लाइफ ज्याकेट र बिमाको व्यवस्था गरिएको छ । ‘¥याफ्टिङ भनेपछि पर्यटक डराउने गर्नुहुन्छ’, क्षेत्री भन्छन्, ‘सबै खाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ ।’

प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानी महलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगको रानी महल हेर्न पर्यटक आउँछन् ।

कालीगङ्गाको तटमा बसेर रानी महललाई नियाल्दै, सांसारिक दुःख, कष्ट र सुर्तालाई भुल्न प्रेम गर्ने जोडीहरू यहाँ आउँछन् । यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सिमाना जोडिएका तानसेन नगरपालिका, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन् ।

बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानी महल र रानी महलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ ।

अग्ला पहाडको खोँचबाट कालीगण्डकी नदी रानी महलको आड भएर बहन्छ । उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तर वाहिनी नदीका नामले समेत चिनिन्छ ।

जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटर बाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानी महल कम पर्ने गर्दथ्यो ।

पछिल्लो समय मोटर बाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । पाल्पाको तानसेनमा प्याराग्याइडिङ र रिब्दीकोट–४ भैरव स्थानमा जिपलाइन जस्ता अन्य साहसिक खेल सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस