काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले चुनावको खेल धेरै खतरनाक हुने भन्दै त्यसलाई बुझ्न जरुरी रहेको बताएका छन् । निर्वाचनमा मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुनुपर्ने उनले बताए ।
शुक्रबार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले मत बदर भए निर्वाचन हार्ने खतरा हुने बताए ।
स्थानीय निर्वाचनमा धेरै ठाउँमा मत बदर भएका कारणले आफूहरूले चुनाव हारेको बताउँदै उनले फेरि पनि मतहरू बदर भए भने चुनाव हार हुने बताए ।
उनले आफूहरूले गठबन्धन बनाएर संविधानको रक्षा गरेको जिकिर समेत गरे । अन्यथा नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति आउने उनको भनाइ छ ।