सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनामा परेको छ।

टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटना परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए। दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन।

उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ। दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस