३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटले मानव र प्रकृतिको व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न पौडेलको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बजेटको व्यवस्थापन गर्न योजनाबद्ध विकास जरुरी रहेकामा जोड दिँदै मानव र प्रकृतिको व्यवस्थापनलाई पनि बजेटमा प्राथमिता दिन आग्रह गरेका छन् ।

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकको विशेष समयमा उनले काठमाडौँको जनसङ्ख्यालाई विकेन्द्रीकरण गरी उपत्यका बाहिरका शहरमा आकर्षित गराउन, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीका लागि नै काठमाडौँ आउने प्रवृत्तिलाई अन्त्य गर्न उपत्यका बाहिर पनि यस्ता सुविधा पुर्याउनुपर्छ भने ।

नेता पौडेलले खेतीयोग्य हराभरा जमिनलाई मासेर घर बनाई बस्ती बसाल्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्ता जमिनमा ठूलाठूला भवन बनाउन नहुने नीति कडाइका साथ लागू हुनुपर्छ भने ।

उनले भने– “जनताका आधारभूत आवश्यकता पूरा हुने विकासका कार्यक्रम ल्याउन, जनताको घर आँगनमै सरकारी सेवा सुविधा पुर्याउन र विकासका योजना तर्जुमा गर्दा नेतालाई होइन जनतालाई ध्यान दिनुपर्छ ।”

नेता पौडेलले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले ऐन तथा नियमको अभावमा काम गर्न नसकेका प्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै काम गर्ने वातावरण मिलाउन जोड दिए ।

स्थानीय तहका निर्वाचनमा आर्थिक चलखेल भयो भन्ने सुनिएकाले यस्तो यस्तो प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउँदैन भन्दै उनले भने– “निर्वाचनलाई खर्चिलो र भड्किलो बनाउने प्रबृत्ति अन्त्य गर्नुपर्छ । नीति बमोजिम जनताले मत दिने पद्धतिको विकास गरिनुपर्छ ।”

“स्थानीय तहको निर्वाचनपछि राजनीतिक स्थायित्व आएको छ, अब आर्थिक विकासको ढोका खुल्छ, १० वर्षमा ठूलो फड्को मार्न सकिन्छ, झोलामा खोलो राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ, जलस्रोतको उपयोग गर्नुपर्छ, देशको स्रोत साधनलाई सही उपयोग गर्नुपर्छ”– नेता पौडेलले भने ।

बजेट र योजनासित सुशासनलाई जोड्न र भ्रष्टाचारमुक्त समाजको स्थापना गरिनुपर्नेमा जोड दिंदै उनले भने– “संविधानको सर्वस्वीकार्यताका लागि आन्दोलनरत पार्टीको माग पूरा गर्न एमाले पनि लचिलो बन्नुपर्छ र संविधान संशोधनमा सहयोग गर्नुपर्छ ।”

सांसद गणेशसिंह ठकुन्नाले आफ्नै सदरमुकाम जाँदा तीन दार्चुलावासी भारतको धार्चुलामा बिहीबार गएको पहिरोमा परी मृत्यु भएकामा सरकारको ध्यानाकर्षण गराउँदै पीडितका परिवारलाई राहत दिन सरकारसित माग गरे ।

सांसद रामनारायण बिडारीले सम्मानित नेताको नाममा खोलिएको अस्पतालमा उपचार गर्न आएका बिरामीले आफ्नो मिर्गौला निकालियो भन्दै हारगुहार गर्दै हिँडेका छन् यसमा न्यायिक छानबिन गर्न सरकारसित माग गरे ।

सांसद अनुराधा थापामगरले योग दिवस मनाउन परिपत्र गर्ने शिक्षा मन्त्रालयले योग विषयलाई किन आ–आफ्नो पाठ्यपुस्तकमा समावेश नगरेको भन्ने प्रश्न गरिन् ।

सांसद रामहरि खतिवडाले पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने शहरी र ग्रामीण सडकको स्तरोन्नतिमा सरकारले ध्यान नदिएको गुनासो गरिन् ।

सांसद रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका योजना समयमा सम्पन्न गर्न बजेट अपुग भएको र मेलाम्ची खानेपानी आयोजना समयमा निर्माण सम्पन्न हुनुपर्छ भने । रासस

प्रतिक्रिया दिनुहोस