एमालेले चितवन-३ मा काँग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्ने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

एमालेले चितवन-३ मा काँग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्ने


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चितवन क्षेत्र नं ३ मा काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने तयारी रहेको बताएका छन्।

चितवन क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट असन्तुष्ट नेताहरू दिनेश कोइराला र जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारी उम्मेदवार बनेका छन्। राप्रपाका विक्रम पाण्डे पनि सोही क्षेत्रमा उम्मेदवार छन्।

गठबन्धनका उम्मेदवारलाई हराउने रणनीतिअनुसार एमालेले आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई फिर्ता गराएको छ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले चितवनमा राप्रपासँग चुनावी तालमेल गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस