२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङ-६ मा फेरि शेखर भर्सेस लालबाबु, यस्तो छ अङ्कगणित !

अ+ अ-

काठमाडौँ । मोरङको क्षेत्र नम्बर ६ मा यस पटक पुरानै प्रतिस्पर्धीको रोचक भिडन्त हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डाक्टर शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेदवार छन् ।

पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । त्यसको बदला लिने दाउमा कोइराला रहेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका पण्डितले ६ सय मतले कोइरालालाई पराजित गरेका थिए । यस पटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले बाजी मार्ने सम्भावना छ ।

पण्डित र कोइरालाका साथै राप्रपाका गोपाल क्षेत्री, नेमकिपाबाट चिरञ्जीवी खतिवडा, जनमत पार्टीबाट बुद्धिराम माझी, हाम्रो नेपाली पार्टीबाट टेकबहादुर अधिकारी क्षेत्री, जनता प्रगतिशील पार्टी, नेपालबाट प्रशान्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीबाट बलराम खवास, मङ्गोल नेशनल अर्गनाइजेसनबाट मोहनबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दुखाराम माझी, बहुजन शक्ति पार्टीबाट नारायण पासवान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यादवकुमार प्रधान दलीय उम्मेदवार हुन् । अन्य उम्मेदवारहरू सुशील खड्का, सरोज नेपाल र लक्ष्मी थेबे भने स्वतन्त्र हुन् ।

सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत अनुसार काँग्रेसे २७०८६, एमाले २४५५६, माओवादी ४९९६, जसपा ३९३९, राप्रपा ३११५, एस २३५५ र लोसपाको ८९५ छ ।