काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाईंको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।
उद्धारका लागी घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।