मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रले डोटीको प्रदेशसभा (ख)को टिकट शिवसिंह ओलीलाई दिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि टिकटको आकाङ्क्षी थिए । शनिबार अवेरसम्म उनकै दाबी थियो । तर ओलीले टिकट हात पारेका छन् । उनी उम्मेदवारी दर्ताका लागि आइतबार बिहानै धनगढीबाट डोटी हिँडेका छन् ।

ओली सुरुदेखि नै मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस