काठमाडौँ । पोखरा विमानस्थलमा हुने उडान लगातार दोस्रो दिन पनि प्रभावित बनेको छ । वायुसेवा कम्पनीहरूका अनुसार प्रतिकुल मौसमले पोखराको उडान प्रभावित बनेको हो ।
बिहीबार सबै उडान रद्द भएकोमा शुक्रबार बिहानका लागि निर्धारित उडानहरू रद्द गरिएका छन् । बुद्ध एयरले मात्र शुक्रबार तीन वटा उडान रद्द गर्नु परेको जानकारी गराएको छ ।
शुक्रबार सुर्खेत विमानस्थल समेत बन्द रहेको थियो । अपरान्हपछि भने दुबै विमानस्थल खुलेका छन् । त्यसपछि पनि पोखरामा छिनछिनमा अदलबदल भएको मौसमले नियमित उडान प्रभावित बनेको हो ।
काठमाडौँ विमानस्थल कार्यालयका अनुसार आज काठमाडौँमा सामान्य रूपमा उडान अवतरण भइरहेको ।