२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको कारवाहीमा परेका पुष्करनाथ ओझा उम्मेदवारी घोषणा गर्दै, कहाँबाट बन्दैछन् उम्मेदवार ?

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट अगामी मंसिर ४ मा हुने चुनावमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । 

निर्वाचन आयोगले आइतबार (पर्सि) उम्मेदवार मनोनयन दर्ताको समय तोकेकाले ओझाले उम्मेदवारी दिने विषयमा निकटस्थहरूसँग छलफल थालेका छन् ।

धनगढीस्थित रुवस होटेलमा ओझा अहिले अगामी निर्वाचनमा उम्मेदवारी दिने भएकाले निकटस्थहरूसँग छलफलमा छन् । उनले कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

ओझाले छलफलमा आउने सुझावका आधारमा आवश्यक निर्णय लिएर शुक्रबार साँझसम्म पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि ओझा टिकटको आकाङ्क्षी थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् । उक्त चुनावमा असहयोग गरेको भन्दै नेपाली काँग्रेसले ओझालाई क्रियाशील सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

यसपटक पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली-५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने सङ्केत देखेपछि समानुपातिक रोजेकी छन् । आरजु समानुपातिक सूचीमा परेपछि काँग्रेसले ओझा माथिको कारबाही फुकुवा गरेर कैलाली-५ मा टिकट दिने चर्चा चलेको थियो ।

यद्यपि केही नेताहरुले भने देउवाले सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेको दाबी गर्दै आएका छन् । त्यसैले ओझाको सम्भावना नरहेको दाबी ती नेताहरूको छ ।

प्रदेशसभा ‘ख’ तर्फ भने आरजुका स्वकीय सचिवसमेत रहेका भतिजा प्रकाश देउवालाई उम्मेदवार बनाउने तयारी भइरहेको स्रोतको दाबी छ ।