काठमाडौँ । आगामी मंसिरमा हुने संघीय निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, गठबन्धनबाट निर्वाचित वडाध्यक्ष र उद्योगी व्यवसायीले प्रचण्डलाई भेटेर उनलाई नै ३ नम्बर क्षेत्रको उम्मेदवार बन्न जोड गरेका हुन् ।
उनीहरूले प्रचण्डसँगै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस महामन्त्री गगन कुमार थापालाई समेत भेटेका थिए ।
वडाध्यक्ष राम गोदारका अनुसार प्रचण्ड चितवन बाहिर जाँदा राजनीतिमा दुर्घटना हुन सक्ने भन्दै चितवनमै उम्मेदवार बन्न अनुरोध गरेको बताए ।