२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको हातमा हतकडी, लुकाउने प्रयासमा हतकडीमाथि रुमाल

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाज चढेर आज बिहान काठमाडौँ ओर्लिएलगत्तै प्रहरीले पक्राउ गरेको हो ।

कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनलाई प्रहरीले हत्कडी लगाएको छ । हतकडी लुकाउने प्रयासमा त्यसमाथि रुमाल राखिएको छ ।

सन्दीपले आफूले आत्मसमर्पण गर्न लागेकाले हतकडी नलगाइदिन र आफ्ना वकिललाई विमानस्थलमै उपस्थित गराइदिन प्रहरीसमक्ष माग गरेका थिए, तर उनका दुवै माग सम्बोधन भएनन् ।

विमानस्थलबाट प्रहरी भ्यानमा राखेर उनलाई प्रहरी वृत्त गौशाला लगिएको छ । उनलाई गौशाला प्रहरीमै राखेर अनुसन्धान अघि बढाइने छ ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपले आफूलाई ५ भदौमा गौशालाको होटेलमा राखेर बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराएकी थिइन् ।

क्यारेबियन लिग खेल्न नेपाल बाहिर रहेका बेला उनीविरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुई पटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी छिन् । गौशाला प्रहरीका एक अधिकृतका अनुसार काठमाडौँको एक कलेजमा अध्ययनरत उनी लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो ।