एमालेले दसैँपछि मात्रै टिकट वितरण गर्ने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेले दसैँपछि मात्रै टिकट वितरण गर्ने 


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेको टिकट वितरण दसैँको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।

अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् । ‘दसैँको अघिल्लो दिन सधैँ अध्यक्ष कमरेडले झापामा बृहत् चियापान राख्ने गर्नुभएको छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको रिजालले बताए ।

अध्यक्षसहित नेताहरू नै गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दसैँको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने उनले बताए ।

गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट वितरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको छ । तर आवश्यक परामर्श अन्य नेताहरूबाट पनि लिने निर्णय भएकाले दसैँ अगाडि टिकट वितरणको सम्भावना नरहेको नेताहरू बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस