राजदूत यान्छी अर्को महिना चीन फर्किँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राजदूत यान्छी अर्को महिना चीन फर्किँदै


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् ।

राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागिएको उच्चस्तरीय कूटनीतिक स्रोतले जानकारी दिएको छ । राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे निर्णय भइनसकेको कूटनीतिक स्रोतले जनाएको छ । सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा होउ नेपाल आएकी थिइन् ।

शुक्रबार नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएसँगै चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी आइतबार स्वदेश फर्कँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस