२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सुविधा नलिने उद्घोष गरेका धनगढीका मेयर हमालले गर्दै छन् यस्तो काम !

अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् ।

मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने बताउने घोषणा गरेका हुन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ बुझेका छन् । 

सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरूमा आश्रित २६९ जनालाई पोसाक किनिदिने हमालले बताएका छन् । मेयर हमालले दक्षिणकाली आधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरू, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र  पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दृष्टिविहीन विद्यार्थीलाई पोसाक किनिदिने बताए । उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवा सुविधा नलिने घोषणा गरे अनुरूप नै बाचा पुरा गरेको बताए । 

मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरी २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिए ।

यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए । उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधाबापतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए । 

जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए । मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेका छन् ।