२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलौलीमा डाक्टर अभावपछि नगरपालिकाले थाल्यो पहल

अ+ अ-

बैतडी । बैतडीको तल्लोसोराड क्षेत्रको एकमात्र रेफरल सेन्टरका रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर अभाव भएपछि त्यसको व्यवस्थाको पहल थालिएको छ ।

मेलौली नगरपालिकाले डाक्टरको रिक्त दरबन्दी परिपूर्ति गर्न पहल थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।

उनले भने, ‘डाक्टर अभाव भएपछि सूचना प्रकाशन गरेर आवेदन दिन आह्वान गरेका छौँ, चाँडै पदपूर्ति हुन्छ ।’ तल्लो स्वराड क्षेत्रका तीन स्थानीय तहका नागरिकलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र करिब एक वर्षदेखि डाक्टरविहीन बनेको हो । एक मेडिकल अधिकृत (एमबिबिएस डाक्टर) को दरबन्दी भएपनि २०७८ असोजपछि दरबन्दी रिक्त छ ।

दरबन्दीअनुसार डाक्टर नहुँदा तल्लो स्वराड क्षेत्रका पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका स्थानीयलाई समस्या हुने गरेको स्थानीय सुरत नेगीले बताए ।

यहाँ जहिल्यै पनि डाक्टरकै अभाव हुने गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्रले विसं २०५६ देखि डाक्टरको अभाव झेल्दै आएको केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए ।

उनले भने, ‘बीचबीचमा डाक्टर आउने गरेको भए पनि बढीमा एक/दुई वर्ष बस्ने अनि जाने गरे । यसले सेवा प्रवाहमा समस्या भयो ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव परीक्षण गर्नुपर्ने शव जिल्ला अस्पताल पुर्याउनुपर्ने बाध्यता छ । निरोगिताका प्रमाणपत्रलगायत अन्य कामका लागि जिल्ला धाउनुपर्ने छ । आकस्मिक उपचारका लागि पनि जिल्ला तथा डडेल्धुरा पठाउनुपर्ने बाध्यता छ ।