काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका डा.गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ ।
यसअघिका सम्झौता कार्यान्वयनसहितका माग राखेर डा. केसी ११ दिनदेखि अनशनमा छन् । डा। केसीको रक्तचापमा केही परिवर्तनका साथै मांसपेशी बाउँडिने, छाती दुख्ने, पेट दुख्ने लगायतका समस्या देखा परेका छन् ।
धनगढीमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि १० औँ दिनमा हिजो काठमाडौं ल्याइएको थियो । डा। केसीलाई शिक्षण अस्पताल महाराजगञ्जका एनेक्स १ भवनको कोठा नम्बर ५०१ मा रहेको स्पेसल क्याबिनमा राखिएको छ ।
उनको उपचार तथा निगरानीका लागि लागि एनेस्थेसियोलोजिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठको नेतृत्वमा, प्रशासनका कर्मचारीसहित पाँच सदस्यीय टोली खटाइएको छ ।