धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । धादिङको गजुरीमा भएको पृथ्वी राजमार्गको अवरोध हटेको छ ।

काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।

उनीहरुले बसमा पनि आगजनी गरेका थिए । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको र राजमार्गको अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ । दिउँसो साढे २ बजे राजमार्ग खुलेपछि ५ घण्टादेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस