सत्तारुढ गठबन्धन फेरि सिट बाँडफाँटबारे छलफलमा, भोलिसम्म सहमति जुटाउने दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सत्तारुढ गठबन्धन फेरि सिट बाँडफाँटबारे छलफलमा, भोलिसम्म सहमति जुटाउने दाबी


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे फेरि छलफल थालेका सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्म सहमति जुटाउने दाबी गरेका छन् ।

लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आबद्ध दलहरू समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरूले मंगलबार बिहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार द्विपक्षीय रूपमा छलफल भइरहेको र भोलिसम्म सहमति गर्ने तयारी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस