काठमाडौँ । विवेकशील साझाको मिलन पाण्डे समूहले वाग्मती प्रदेशमा मात्रै उमेदवार बनाउने भएको छ ।
पाण्डेले विज्ञप्ति जारी गर्दै प्रदेशहरुलाई सशक्त बनाउने अभियानमा रहेकोसमेत जनाएका छन् ।
‘सशक्त प्रदेशहरू नबनेसम्म संवृद्ध देश बन्न सक्दैन भन्ने निष्कर्षसहित, विवेकशील अभियानले यो निर्वाचनमा आफ्नो सम्पूर्ण ध्यान बागमती प्रदेशमा लगाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो चुनावमा हामीले विवेकशील अभियान लक्ष्यका साथ बागमती प्रदेशमा मात्र आफ्ना उमेदवारहरु घोषणा गर्नेछौँ । वाग्मती प्रदेशमा सामर्थ्यवान् सरकार निर्माण गर्नु हाम्रो यो निर्वाचनको लक्ष्य हुनेछ ।’
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ ।