२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किर्गिस्तान र काजकिस्तान भिडन्तमा कम्तीमा ९४ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । किर्गिस्तान र ताजिकिस्तान सीमा क्षेत्रमा भएको हिंसात्मक भिडन्तमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । 

वर्षौँपछि भएको यो सबैभन्दा भयावह भिडन्त हो । यी दुई मध्य एसियाली मुलुकबीच बुधवार देखि भिडन्त सुरु भएको हो । शुक्रबार तिनीहरूबीच युद्धविरामका लागि सहमति भएको थियो । विघटित सोभियत संघका यी दुई गणराज्ययबीच सीमालाई लिएर नियमित रूपमा भिडन्त हुने गरेको छ । 

यसैगरी दुवैले एकले अर्कालाई हिंसा सुरु गरेको दोष दिने गरेका छन् । ताजिकिस्तान र किर्गिस्तानबीच एक हजार किलोमिटर लामो सिमाना जोडिएको छ । त्यसमध्ये एक तिहाइ सिमाना विवादास्पद रहेको छ । 

सन् २०२१ मा पनि सीमाक्षेत्रमा यी दुई मुलुकबीच भिडन्त हुँदा झण्डै ५० जनाको ज्यान गएको थियो । 

आइतबार राति किर्गिस्तानले थप १३ जनाको मृत्यु भएपछि आफ्नो पक्षमा मृतकको संख्या ५९ पुगेको तथा एकसय जना भन्दा बढी घाइते भएको बताएको थियो ।

त्यसैगरी ताजिकिस्तानले आफ्ना ३५ जना नागरिक मारिएको र कम्तीमा २० जना घाइते भएको बताएको छ ।

किर्गिस्तानले युद्ध क्षेत्रबाट करिब १ लाख ३७ हजार मानिसलाई विस्थापित गरिएको जानकारी दिएको छ ।