२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेशमा ६१ जना विभूषित

अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्‍याएको भन्दै ६१ जनालाई विभिन्न पदकबाट विभूषित गरेको छ।

सातौँ संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो।

संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाईते पाल्पाका जीत बहादुर थापालाई प्रदेश प्रमुख तृतीय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको हो। त्यसैगरि बाँकेका डा.मोहिउद्दिन किदवाई र चितवनका डा. राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय प्रदान गरिएको छ। लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सेवा समर्पण पदक द्वितीय ९ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय ४ जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ।

त्यसैगरि समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ। त्यसैगरि प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ।

त्यस्तै प्रजापति गौतम पदक द्वितीय र तृतीयबाट १/१ जना, दंगिशरण बलिहाङ पदक द्वितीयबाट एक जना तथा दंगिशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरि ६१ जनालाई विभूषित गरिएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले जानकारी दिए।

प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केशीले जनताले रगत र पसिना बगाउँदै ठूलो त्याग र बलिदानीबाट प्राप्त गरेको संविधान सातौं वर्षको रुपमा आईपुग्दा परिपक्व बन्दै गएको बताए।

उनले संविधानको रक्षा, कार्यान्वयन र सवलिकरणका लागि नयाँ प्रतिनिधिसभा र प्रदेशसभाले अझै भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘संविधानको संस्थागत विकास, पूर्ण कार्यान्वयन र सवलिकरणका लागि आगामी निर्वाचन पछि स्थापना हुने प्रतिनिधिसभा र प्रदेशसभा सफल रहनेछन्,’ मुख्यमन्त्री केशीले भने।

मुख्यमन्त्री केशीले लुम्बिनी प्रदेश हिमाल, पहाड र तराईको समिश्रणसँगै भगवान गौतमबुद्धको जन्मभूमि समेत रहेकोले यो प्रदेश सौभाग्यशाली प्रदेशको रुपमा रहेको बताए।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशकै नागरिकले त्याग र बलिदानी गरेका कारण मुलुकको राजनीतिक परिवर्तनको सबैभन्दा ठूलो हकदार पनि लुम्बिनी प्रदेश रहेको दाबी गरे।

कार्यक्रम पूर्व बुटवलको राजमार्ग चौराहबाट बुटवल सभाहलसम्म विभिन्न झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।