२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकट वितरण गर्न नेताहरूलाई गाह्रो छ भन्ने बुझिदिनुस् : आरजु राणा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेतृ आरजु राणा देउवाले चुनावको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयारीमा होमिन उनले आग्रह गरेकी हुन्।

टिकट पाउनेहरू र टिकट पाउन प्रतिस्पर्धा गरिराखेकाहरू सबै चुनावी अभियानमा होमिनुपर्ने पनि उनले बताइन्।

महेश्वरी कुँवरले लेखेको पुस्तक ‘पाल्पा’ विमोचन समारोहमा आज बोल्दै काँग्रेस केन्द्रीय सदस्य राणाले गठबन्धनका कारण सबै ठाउँमा टिकट वितरण गर्न नसकिने नेताहरूका अप्ठ्यारा पनि बुझिदिन आग्रह गरेकी थिइन्।

‘गठबन्धनमा रहेका दलहरूले यसअघि जिलेका ठाउँमा छाड्नुपर्ने हुन सक्छ। यसो गर्दा धेरै राम्रा व्यक्तिहरूले टिकट नपाउने हुनसक्छ,’ उनले भनिन्, ‘टिकट वितरणका लागि हुने छलफलमा म त भाग लिन पाउन्न। तर उहाँ (नेताहरूलाई) धेरै गाह्रो छ, धेरै उकुसमुकुस छ।’

उनले पहिले देश, पार्टी अनिमात्र आफूलाई केन्द्रमा राख्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरेकी थिइन्।

काँग्रेसले पाँचदलीय सत्ता गठबन्धनसँग तालमेल गरेर मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको छ। तर अहिलेसम्म प्रत्यक्षतर्फ कुन पार्टीले कति सिटमा उम्मेदवारी दिने टुङ्गो लाग्न सकेको छैन।