संघीय शिक्षा ऐन विधेयक राष्ट्रियसभामा दर्ता गर्दैछौं : शिक्षामन्त्री पौडेल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संघीय शिक्षा ऐन विधेयक राष्ट्रियसभामा दर्ता गर्दैछौं : शिक्षामन्त्री पौडेल


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रूप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् ।  

‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दा’ विषयक छलफल समेत राखिएको सो समारोहमा शिक्षाकर्मीहरूले संघीय शिक्षा ऐन किन नआएको भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री पौडेलले शिक्षासम्बन्धी ६ वटा ऐनलाई अघि बढाइएको र संघीय शिक्षा ऐन पनि अब अघि बढ्ने बताए । 

उनले प्रतिनिधिसभाको अवधि पनि अन्तिम अवस्थामा पुगेकाले संघीय शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता पूरा गर्न राष्ट्रियसभामा दर्ता गर्न लागिएको जनाए ।  

Tags :
प्रतिक्रिया दिनुहोस