‘डेंगु महामारीको रूपमा फैलिँदै छ, स्वास्थ्य मन्त्रालयले प्रभावकारी भूमिका नखेलेको आरोप’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘डेंगु महामारीको रूपमा फैलिँदै छ, स्वास्थ्य मन्त्रालयले प्रभावकारी भूमिका नखेलेको आरोप’


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । सांसद प्रेम सुवालले डेंगु रोकथाममा स्वास्थ्य मन्त्रालयको भूमिका प्रभावकारी नभएको बताएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले डेंगुबाट जनता पीडित भइरहेको बेलामा पनि स्वास्थ्य मन्त्रालयले प्रभावकारी भूमिका नखेलेको आरोप लगाए।

उनले भने, ‘कोरोनापछि डेंगु रोगले जनता पीडित छन् । अस्पतालमा शय्या अभाव छ । यो त महामारीको रूपमा फैलिँदै छ । स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो । स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन । जनताको मृत्यु भइरहेको छ । स्वास्थ्य मन्त्रीलाई बोल्न समय दिइयोस् ।’

पछिल्लो समय डेंगु संक्रमण बढ्दो छ। हालसम्म ९ हजार बढी मानिस संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस