अमेरिकी राजदूत बेरीले गरे प्रधानसेनापति शर्मासँग गरे बिदाइ भेट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अमेरिकी राजदूत बेरीले गरे प्रधानसेनापति शर्मासँग गरे बिदाइ भेट


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका बेरीले जङ्गी अड्डास्थित शर्माको कार्यकक्षमा भेट गरेका हुन् ।

भेटमा शर्माले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई दिँदै सुखद भविष्यको लागि शुभकामना व्यक्त गरे । नेपाली सेनाले यस प्रकारको भेटबाट दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

बेरीलाई वासिङ्टनले यसअघि नै नामिबियाका लागि राजदूतका लागि सिफारिस गरिसकेको छ । अब नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन् । गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए ।

नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख म्यानुअल पी माइकलरलाई पनि अमेरिकाले ताजिकिस्तानको लागि राजदूत सिफारिस गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस