काठमाडौँ । न्याय खोज्दै काठमाडौँ आएका मिटर ब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौँ आएर प्रदर्शन गरिरहेको पीडितहरू कीर्तिपुरमा बसेका थिए ।
उनीहरूले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा झडपसमेत भएको छ।