२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहत सामग्रीसहित उद्योगमन्त्री बडू दार्चुलामा

अ+ अ-

काठमाडौँ । धनगढीबाट राहत सामग्री बोकेर सेनाको हेलिकप्टरमार्फत नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली सदरमुकाम खलङ्गा पुगेको छ ।

शुक्रबार राति परेको अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ । त्यसमध्ये सनाखत हुनेमा महाकाली नगरपालिका-२ मुल्ला ७७ वर्षीय नन्दराम बोहरा, महाकाली-३ डुङ्री बस्ने ३५ वर्षीया मानमती कार्की रहेका छन् भने नौगाड गाउँपालिका वडा नं १ बस्ने ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ४५ वर्षीय मोहनराम पार्की रहेका छन् ।

पहिरामा परी घाइते भएका नौगाड गाउँपालिकाका रामसिंह ठगुन्ना, वीरा ठगुन्ना, फागुली ठगुन्ना र जयबहादुर ठगुन्नालाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्‍याएर उपचार भइरहेको छ भने २० वर्षीया सुत्केरी हरिना महरको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिए ।

बाढीपहिरामा परी मृत्यु हुनेमा तीन जना महिला दुई जना पुरुष गरी पाँच जना रहेका छन् । घाइते हुनेमा तीन महिला र पाँच पुरुष गरी जम्मा आठ जना रहेका छन् । बाढीपहिरामा अहिलेसम्म चार महिला र छ पुरुष गरी १० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण पहिरामा पुरिएर दुई सय ६३ पशुचौपायको मृत्यु भएको छ ।

महाकाली नगरपालिका बङ्गाबगरस्थित पार्किङमा रोकेर राखेको अवस्थामा जीप छ, कार एक, ट्रयाक्टर एक, स्काभेटर एक गरी जम्मा नौ वटा सवारीसाधन बेपत्ता भएका छन् ।

त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको छ भने नौ वटा घरमा आंशिक क्षति भएको छ । चालीस घर अझै जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रबहादुर सिंहले बताए ।

महाकाली-३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ । बाढीले महाकाली-३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति भएको छ । झोलुङ्गे पुल दुई र मोटरेवल पुल एक गरी जम्मा तीन पुलमा पूर्ण क्षति भएको छ । सदरमुकाम खलङ्गामा खानेपानीको समेत हाहाकार मच्चिएको छ ।

स्थानीय बलवीर ठगुन्नाका अनुसार बिहानदेखि खानेपानीको निकै समस्या भएको र नेपाली सेनाले ब्यारेकबाट खानेपानी सहज गरिदिएको बताए । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले विपद्मा परेकाको उद्धार र बेपत्ता भएकाको खोजीकार्य जारी राखेका छन् ।