एसिया कप : भारतमाथि पाकिस्तानको रोमाञ्चक जित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसिया कप : भारतमाथि पाकिस्तानको रोमाञ्चक जित


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । पाकिस्तानी क्रिकेट टिमले भारतमाथि रोमाञ्चक जित निकालेको छ ।

एसिया कप क्रिकेटअन्तर्गत गएराति भएको सुपर चारको भिडन्तमा पाकिस्तानले भारतमाथि पाँच विकेटको जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा १८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम बलअघि पाँच विकेटले विजयी बन्यो । समूह चरणमा भारतसँग पराजित भएको उसले सुपर चारमा हारको बदला लिन सफल रह्यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका लागि मोहम्मद नवाजले ४२, फकर जमानले १५ तथा कप्तान बाबर आजम १४ रन बनाए । आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहँदै १४ रन बनाए ।

भारतका लागि भुवनेश्वर कुमार, हार्दिक पाण्डेय, अश्रदिप सिह, रवि बिस्नोई र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८१ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए ।

कप्तान रोहित शर्मा र केएल राहुलले समान २८÷२८ रन बनाउँदा दीपक होडा १६, ऋषव पन्त १४ र सूर्यकुमार यादवले १३ रन बनाए ।

पाकिस्तानका लागि शादब खानले २ विकेट लिए । निसम शाह, मोहम्मद हसनेन, हरिस राउफ र मोहम्मद नवाजले १÷१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस