२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवासम्बन्धी पारित विधेयकका बारेमा भ्रम फैलाइयो : मुख्यमन्त्री भट्ट

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश निजामती सेवासम्बन्धी पारित विधेयकमा करार र अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्ने प्रावधान राखिएको भन्ने भनाइ गलत भएको बताएका छन् ।

मुख्यमन्त्रीले भने, ‘करार र अस्थायी कर्मचारीलाई प्रदेश लोकसेवा आयोगले आफ्नो प्रक्रियाबमोजिम स्थायी गर्ने प्रक्रियामा लैजानुपर्छ भन्ने सरकारको मुख्य धेय हो, पदपूर्ति गर्दा अपनाइने आयोगको प्रक्रियाभित्र नै रहेर स्थायी पदपूर्ति गर्ने प्रावधान विधेयकमा गरिएको हो ।’

सुदूरपश्चिम प्रदेशसभाको दुई दिनअघिको बैठकले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको थियो । उक्त विधेयकमाथि सभामा भएको छलफलमा नेकपा (एमाले)का सदस्यले विधेयक विवादित भएको भन्दै फिर्ता लिनुपर्ने बताएका थिए ।

विधेयक पारित भएपछि विभिन्न पक्षबाट भ्रम सिर्जना गर्ने गरी आइरहेको विरोध सही नभएको मुख्यमन्त्रीले बताए । कार्यालय सहयोगी, चालकलगायतका निम्न स्तरका पदमा वर्षौँदेखि कार्यरत कर्मचारी स्थायी हुन नपाई खाली हात घर जानुपर्ने अवस्था देखिएको र प्रदेशका धेरै कर्मचारीको कानुनको अभावमा बढुवा प्रक्रियासमेत चार वर्षदेखिअघि बढ्न नसकेको अवस्थालाई ध्यान दिएर सरकारले यो विधेयक प्रदेशसभामा प्रस्तुत गरेको उनले बताए ।

मुख्यमन्त्रीले प्रदेशको कर्मचारी ऐन बनाउने अधिकार संविधानअनुसार सरकार र प्रदेशसभालाई रहेकोसमेत स्पष्ट पार्दै भने, ‘सरकारले आफैँ स्थायी गर्दै छ भनेर जसरी अहिले बाहिर भ्रम फिँजाइएको छ, त्यो राजनीतिक पूर्वाग्रह राखेर गरिएको विरोध हो ।’

प्रतिक्रिया दिनुहोस