नागरिकता विधेयकको सन्देशबारे संसद्लाई भोलि जानकारी दिइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकता विधेयकको सन्देशबारे संसद्लाई भोलि जानकारी दिइने


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पठाएको सन्देश प्रतिनिधिसभालाई मङ्गलवार जानकारी गराइने भएको छ ।

संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको मङ्गलवारको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस