२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायपरिषद्को बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा सुवेदीको इजलासमा

अ+ अ-

काठमाडौँ । न्यायपरिषदको बर्खास्तीमा परेकी रेणुका साहको मुद्दा न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ ।

बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेकी उनको मुद्दा आइतबारका लागि पेशी तोकिएकामा सुवेदीको इजलासमा परेको हो ।

साहले कामु प्रधानन्यायाधीश, कानुन मन्त्री लगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा न्यायपरिषदको निर्णय असंवैधानिक भएको जिकिर गरिएको छ । असार २४ गते बसेको न्यायपरिषद बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत साहमाथि शक्तिको आडमा न्यायाधीशमा नियुक्त आरोप छ । २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गरेको थियो ।

तर बर्खास्तमा परेकी साहले भने आफूमाथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रतिशोध साँधेको आरोप लगाउँदै आएकी छन् ।

सबै प्रक्रिया पुर्याएर नियुक्ति गरिएको साढे तीन वर्षपछि कानूनमन्त्री कोइरालाले आफ्ना पिता एवं पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साह सँगको प्रतिशोध आफूमाथि साँधेको उनको दाबी छ ।

कानूनमन्त्री कोइराला संविधान र कानूनभन्दा पनि माथि गएर निर्णय गरिरहेको उनको आरोप छ ।